Market Closed

एभरेष्ट इन्स्योरेन्सको बीमालेखाको सङ्ख्या ३ हजार ८५ ले बढ्यो

2015-06-26

एभरेष्ट इन्स्योरेन्स कम्पनीको गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा जारी बीमा लेखाको सङ्ख्या ३ हजार ८५ ले बढेर ५ हजार ६ सय ५४ पुगेको छ । सोही अवधिमा कम्पनीको खुद मुनाफा भने ८३ प्रतिशतले घटेर रू. ६३ लाख ९९ हजार पुगेको छ । त्यसैगरी, कम्पनीको चालू सम्पत्ति कर्जा तथा पेश्किहरु रू. ४३ करोड र चालुू दायित्व तथा व्यवस्थाहरु रू. ३६ करोड ३१ लाख पुगेको छ । बैङ्कको चैत्र मसान्तसम्म कुल बीमाशुल्क आर्जन रकम रू. ७ करोड २१ लाख, कुल दाबी भुक्तानी रकम रू. ३० करोड र भुक्तानी हुन बाँकी रकम रू. १८ करोड ४५ लाख रहेको छ ।