Market Closed

नेरुडे लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

2015-08-20

भदौ ३, काठमाडौं । नेरुडे लघुवित्त विकास बैङ्क लिमिटेडको ७० प्रतिशत संस्थापक र सर्वसाधारण ३० प्रतिशत रहेकोमा दुबैको प्रतिशत ४९÷४९ कायम गरी बाँकी शेयर सर्वसाधारण शेयर सरह दोस्रो बजारमा कारोबार गर्न सक्ने व्यवस्था मिलाउन लागेको छ । सोही कारण संस्थापक समूहको शेयरलाई सर्वसाधारणमा परिणत नगर्ने भएमा यो सूचना प्रकाशित भएको १५ दिन भित्र बै्ङ्कलाई जानकारी दिन अनुरोध गरिएको छ ।