शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको सातौ वार्षिक साधारण सभा

2016-02-16

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको सातौ वार्षिक साधारण सभा यहि फागुन २२ गते शनिबार हुने भएको छ | साधारण सभामा २७ प्रतिशत लाभांश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव लगिदैंछ | सभामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा गौमुखी विकास बैंक लिमिटेड मर्ज गर्ने सम्बन्धमा संचालक समितिको प्रस्तुत प्रतिवेदन उपर छलफल गरि पारित गरिनेछ |