Market Closed

नेप्सेमा २ कम्पनीको ५२ लाख ४७ हजार कित्ता बोनस सेयर सूचीकृत, कुन–कुन परे ?

15 May,2019
  • share_listing_5_15_2019_5_41_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा बुधबार २ कम्पनीको ५२ लाख ४७ हजार २०४.६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बोनस सेयर सूचीकृत गराउनेमा ग्लोबल आइएमई लघुवित्त र कृषि विकास बैंक परेका छन् । ग्लोबल आइएमईको १ लाख ४४  हजार ७५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 
 
 लघुवित्तको गत कात्तिक २९ गते सम्पन्न साधारण सभाबाट १५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यसैगरी, कृषि बिकास बैंकले पनि ५१ लख ३ हजार १२९.६ कित्ता बोनस सेयर बुधबार नै नेप्सेमा सूचीकृत गरेको छ । बैंकले गत चैत १५ गतेको साधारण सभाबाट ६% बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । 
 

Post Your Comment