Market Closed

कृषि विकास बैङ्क लि. : कम्पनी विश्लेषण (मङ्गलवार, २८ भदौ २०७३)

13 Sep,2016
  • adbl_logo_9_13_2016_12_15_21.jpg

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा रू. २ अर्ब ५७ करोड नाफा रहेको छ। कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैङ्कको वैदेशिक मुद्राको विनिमयबाट रू. २६ करोड २७ लाख आम्दानी भएको छ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम २ व्यापार दिनमा टुपी र पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यसले कम्पनीको शेयरमूल्यबारे लगानीकर्ताहरू अन्योलमा रहेको देखाउँछ ।

आरएसआई : ओभरबोट जोन (७७ दशमलव २१ स्केल)मा छ । खरीद चाप बढेको छ ।

स्ट्याण्डर्ड डेभिएशन : २१ दशमलव ७७ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा र सातदिने रेखाभन्दा माथि रहेको छ भने ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार २८ मा टेवा पाउने र मूल्य महँगिएमा रू. १ हजार ६५ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा ९२ दशमलव ८५ प्रतिशत घटेर रू. २ अर्ब ५७ करोडमा सीमित भएको । गैरसञ्चालन आम्दानी ५१ दशमलव ८४ प्रतिशत घट्नाले खुद नाफा घट्न पुगेको हो ।

- रू. ८७ अर्ब २६ करोड कुल निक्षेप सङ्कलन गरी रू. ५६ करोड ३२ लाख कर्जा प्रवाह गरेको छ ।

- खुद ब्याज आम्दानी ९ दशमलव ४९ प्रतिशत बढेको छ । ब्याज आम्दानी ९ दशमलव १० प्रतिशत बढेर रू. ९ अर्ब ५६ करोड र ब्याज खर्च ८ दशमलव ४० प्रतिशत बढेर रू. ३ करोड ३८ लाख पुगेको छ ।

- सञ्चालन नाफा साढे ४ गुणा बढेको छ । कर्मचारी खर्च ११ गुणा, कुल सञ्चालन नाफा १० दशमलव ३५ प्रतिशत, र अन्य सञ्चालन खर्च १४ दशमलव १६ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति ६ प्रतिशत घटेको छ भने अन्य सम्पत्ति २० दशमलव १३ प्रतिशत बढेको छ ।

- पूँजीकोष लागत ५ दशमलव २६ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे २३ गुणा, प्रतिशेयर आम्दानी रू. ५५ दशमलव ६४ र मूल्य आम्दानी अनुपात १४ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको साढे ३ गुणा छ ।

Post Your Comment