Market Closed

कृषि विकास बैंकले असोज १० मा बुक क्लोज गर्ने, ५० प्रतिशत हकप्रद सेयर निष्कासन तयारी

19 Sep,2016
  • Agriculture_development_bank1_9_19_2016_11_49_40.jpg
नेपाली पैसा 
काठमाडौं : कृषि विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर प्रयोजनका लागि असोज १० गते सेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने भएको छ । 
 
कृषिले लगानीकर्तालाई चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर दिंदैछ । यो हकप्रदमा लगानी गर्न बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म सेयर किनिसकेको हुनुपर्नेछ । 
 
हकप्रद निष्कासनका लागि कृषिले नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बैंकले एक अर्ब ९६ करोड ८८ लाख रूपैयाँको एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्कासन लागेको हो । 
 
यस हकप्रदमा बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमिटेडले गर्नेछ । आकर्षक बोनस र हकप्रद पाइने आशमा लगानीकर्ता पनि कृषि विकास बैंकको सेयर आकर्षित हुँदै आएका छन् ।
 
 गत आर्थिक वर्ष २०७२–७३ मा कृषि विकास बैंकले दुई अर्ब ५७ करोड ७२ लाख ३० हजार रूपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । 
 
असार मसान्तसम्मको रिपोर्ट अनुसार यो बैंकको प्रतिसेयर आम्दानी ५५.६४ रूपैयाँ रहेको छ । साधारण सेयरको मात्र हिसाब गर्दा बैंकको चुक्ता पुँजी तीन अर्ब ९३ करोड ७६ लाख रूपैयाँ छ । 
 
बैंकको रिजर्भ कोषमा आठ अर्ब ३८ करोड ५३ लाख ११ हजार रूपैयाँ रहेको छ । यसआधारमा कृषिको रिजर्भ कोष पनि निकै सबल देखिन्छ । 

Post Your Comment