Market Closed

कृषिको ५० प्रतिशत हकप्रद खुल्यो, कहाँ जाने फारम भर्न ?

19 Oct,2016
  • adbl_10_19_2016_12_05_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : कृषि विकास बैंकले बुधबारदेखि हकप्रद निष्कासन खुला गरेको छ । 
बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । 
 
यो हकप्रद असोज ९ गतेसम्म कायम सेयरधनीले भर्न पाउनेछन् । बैंकले एक सय रूपैयाँ अंकित मूल्यको एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । 
 
राष्ट्र बैंकले चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि कृषिले हकप्रदको बाटो रोजेको हो । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमिटेडले गरेको छ । 
 
लगानीकर्ताले एस क्यापिटल लिमिटेड, एस डेभलपमेन्ट बैंक तथा  सीबीआई क्यापिटल लिमिटेड डिल्लीबजारबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् । 
 
यसबाहेक कृषि विकास बैंकको देशभरका अधिकांश शाखा तथा क्षेत्रीय कार्यालयमा फारम भर्न सकिनेछ । कृषिको हकप्रदमा मंसिर ७ गतेसम्म आवेदन दिन पाइनेछ । 

Post Your Comment