कृषि विकास बैंकलाई प्रथम त्रैमासमा किन पर्यो यस्तो सकस ?

06 Nov,2017
  • Agriculture-Development-Bank_11_6_2017_12_20_59.jpg
नेपाली पैसा 
 
काठमाडौं : कृषि विकास बैंकको खुद नाफा १३.८३ प्रतिशतले घटेको छ । गत वर्ष ४२ करोड २३ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ३९ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाउन सकेको हो । कृषिले ३ महिनामा १ अर्ब १४ करोड ४२ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २९.२७ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ६१ करोड ७९ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, पहिलो त्रैमासमा बैंकले ६ करोड ८७ लाख ८७ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । कृषिले निक्षेप संकलनमा १५.९२ प्रतिशतले वृद्धि गरेर ९९ अर्ब ३० करोड ८६ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकको निक्षेप संकलन ८५ अर्ब ६६ करोड ४६ लाख ८५ हजार थियो । कर्जा लगानी पनि ८.७२ प्रतिशतले वृद्धि गरेर ८८ अर्ब २० करोड ८२ लाख ७२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ८१ अर्ब १३ करोड ५ लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । कृषिको खराब कर्जा गत वर्षको तुलनामा थोरै घटेको देखिन्छ । बैंकको खराब कर्जा ३.५४ प्रतिशत छ । कस्ट अफ फन्ड पनि गत वर्षको तुलनामा झण्डै दोब्बरले बढेको छ । कस्ट अफ फन्ड ७.०६ प्रतिशत छ । गत वर्ष ४.१० प्रतिशत थियो । कृषिले १० अर्ब २३ करोड ४० लाख ९५ हजार रुपैयाँ जगेडा कोषमा राखेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ३ लाख ९२ हजार रुपैयाँ छ । यसमध्ये ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँमात्र साधारण सेयर पुँजी हो । गत वर्ष साधारण सेयर पुँजी ३ अर्ब ९३ करोड ७६ लाख हजार रुपैयाँ थियो । कृषिको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा छ भने प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ २४ पैसा छ । गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै घटेका हुन् । गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ ३२१ रुपैयाँ २३ पैसा थियो ।
 
 
 
 
 
 
 

Post Your Comment