कृषिले सर्वसाधारणलाई २०% बोनस दिने, सरकारले पनि पाउने भयो ६% नगद लाभांश

02 Jan,2018
  • Agriculture-Development-Bank_1_2_2018_11_05_04.jpg
 नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकले २०% बोनस सेयर र कर तिर्न १.०५३% नगद लाभांश दिने भएको छ । बैंकले हाल कायम रहेको साधारण चुक्ता पुँजीमा २०% बोनस र १.०५३% नगद दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको हो । यसैगरी, बैंकले अग्राधिकार सेयर पुँजीमा (नेपाल सरकारलाई) पनि ६% नगद लाभांश दिने निर्णय गरेको छ । हाल कृषि विकास बैंकको साधारण सेयर पुँजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँ छ । यसमा २०% बोनस सेयर दिएपछि चुक्ता पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपैयाँ पुग्नेछ । बैंकको नेपाल सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँको अग्राधिकार सेयर पुँजी छ । कृषिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ३९ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ २४ पैसा छ ।
 
 
 
 
 
 
 
 
 
 

Post Your Comment