कृषिले २०% बोनस पारित गर्न माघ २९ मा बोलायो एजीएम, सरकारलाई पनि ६% नगद

21 Jan,2018
  • Agriculture-Development-Bank-LTD_1_21_2018_11_55_52.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकले २०% बोनस सेयर र कर तिर्न १.०५३% नगद लाभांश दिने प्रस्तावसहित माघ २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले साधारण सेयरधनीलाई हाल कायम ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँको २०% ले हुने १ अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँमा बोनस  सेयर दिनमा खर्च गर्नेछ । यसैगरी, कर तिर्न बैंकले ७ करोड ४६ लाख ७ हजार १५८ रुपैयाँ नगद दिन लागेको हो । कृषिले अग्राधिकार सेयरधनी (नेपाल सरकार) लाई पनि ६% ले हुने ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सभामा लैजाने भएको छ । बैंकले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने पैस्ताव पनि सभामा लैजाने छ । सभा गर्न बैंकले माघ १५ गतेदेखि बुक क्लोज गर्नेछ । यसआधारमा, लाभांश पाउन माघ १४ गतेभित्र बैंकको सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले २०% बोनस सेयर दिएपछि चुक्ता पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपैयाँ पुग्नेछ । बैंकको नेपाल सरकारको नाममा रहेको अग्राधिकार सेयर पुँजी भने ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ छ ।

Post Your Comment