कृषिको २०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, माघ २९ मा एजीएम

28 Jan,2018
  • Agriculture-Development-Bank-LTD_1_28_2018_11_04_04.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकको २०% बोनस सेयर सुरक्षित गर्ने आइतबार (माघ १४ गते) अन्तिम दिन हो । बैंकले माघ २९ मा हुने सभा प्रयोजनको लागि सोमबार (माघ १५ गते) देखि बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा आइतबार नै सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः लाभांशको हकदार हुनेछन् । सभामा बैंकले १.०५३% नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्दैछ । बैंकले साधारण सेयरधनीलाई हाल कायम ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँको २०% ले हुने १ अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँ बोनस सेयरमा खर्च गर्नेछ । यसैगरी, कर तिर्न बैंकले ७ करोड ४६ लाख ७ हजार १५८ रुपैयाँ नगद दिन लागेको हो । कृषिले अग्राधिकार सेयरधनी (नेपाल सरकार) लाई पनि ६% ले हुने ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सभामा लैजाने भएको छ । बैंकले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजाने छ । बैंकले २०% बोनस सेयर दिएपछि चुक्त पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपैयाँ पुग्नेछ । बैंकमा नेपाल सरकारको नाममा रहेको अग्राधिकार सेयर पुँजी भने ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ छ ।

Post Your Comment