Market Closed

कृषि विकास बैंकको २०% बोनस सेयरमा मूल्य समायोजन, यसरी खुल्यो कारोबार

29 Jan,2018
  • Agriculture-Development-_1_29_2018_12_53_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : कृषि विकास बैंकको २०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३४६ रुपैयाँ रुपैयाँ कायम भएको छ । सोमबार बजार खुल्दा कृषिको सेयर कारोबार ३४६ रुपैयाँलाई नै आधार मानेर कारोबार भएको हो । यसको औसत आधार मूल्य भने ४३३ रुपैयाँ छ । माघ २९ मा साधारण सभा गर्न बैंकले सोमबार (माघ १५ गते) देखि बुक क्लोज गरेको छ । सभामा बैंकले बोनसहित १.०५३% नगद लाभांस दिने प्रस्ताव पनि पेश गर्दैछ । बैंकले साधारण सेयरधनीलाई हाल कायम ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँको २०% ले हुने १ अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँमा बोनस सेयर वितरणमा खर्च गर्नेछ । यसैगरी, कर तिर्न बैंकले ७ करोड ४६ लाख ७ हजार १५८ रुपैयाँ नगद दिन लागेको हो । कृषिले अग्राधिकार सेयरधनी (नेपाल सरकार) लाई पनि ६% ले हुने ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सभामा लैजाने भएको छ । बैंकले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने पैस्ताव पनि सभामा लैजाने छ । बैंकले २०% बोनस सेयर दिएपछि चुक्ता पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपैयाँ पुग्नेछ । बैंकको नेपाल सरकारको नाममा रहेको अग्राधिकार सेयर पुँजी भने ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ छ ।
 

Post Your Comment