कृषिले १ अर्ब ११ करोड जोखिम कोषमा राख्यो अनि झण्डै १ अर्ब राइट ब्याक पनि गर्यो

29 Jan,2018
  • Agriculture-Development-_1_29_2018_4_21_22.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २ करोड ९१ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खुद नाफा १३.५०% ले बढाएको हो । बैंकले गत आवमा ९० करोड ६६ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटे पनि राइट ब्याकका कारण खुद नाफा उकास्न मद्दत पुगेको देखिन्छ । गत वर्ष ३ अर्ब १० करोड ९८ लाख २२ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवमा १४.७२% ले घटेर २ अर्ब ६५ करोड १८ लाख ६४ हजार रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन मुनाफा पनि घटेको छ । गत वर्ष सञ्चालन मुनाफा ६८ करोड ४९ लाख ९० हजार रुपैयाँ रहेकामा चालु आवको सोही अवधिमा ४०.०२% ले घटेर ४१ करोड ८ लाख १७ हजार रुपैयाँमा आएको छ । बैंकले दोस्रो त्रैमासमा १ अर्ब ११ करोड ९० लाख रुपैयाँ सम्भावित जोखिमका लागि छुट्याउँदा ९६ करोड ३ लाख ५९ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।

यो तथ्थांकले कृषिमा जोखिमका लागि राख्ने र यसअघि सम्भावित जोखिममा राखेको पैसा असुली भएको रकम अत्यन्तै ठूलो रहेको देखिन्छ । कृषिको निक्षेप संकलन ९८ अर्ब १७ करोड ३४ लाख १२ हजार रुपैयाँ छ भने कर्जा लगानी ९२ अर्ब ११ करोड २३ लाख ७५ हजार रुपैयाँ पुगेको छ । सीसीडी रेसियो ७९.५९% छ । यसको खराब कर्जा ३.९५% र कस्ट अफ फन्ड ७.२२% छ । बैंकको सवसाधारण सेयर पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपैयाँ छ भने नेपाल सरकारको अग्राधिकार सेयर पुँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ छ । गत वर्ष साधारण सेयर पुँजी ४ अर्ब ९४ करोड १६ लाख ८८ हजार रुपैयाँ रहेको थियो । जगेडा कोषमा ८ अर्ब ९२ करोड रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३७ पैसा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ९७ पैसा छ ।

कृषि विकास बैंकको दोस्रो त्रैमासको विस्तृत वित्तीय विवरण यसरी अध्ययन गरौं
http://www.nepalipaisa.com/documentviewer.aspx/ADBL/Agriculture%20Development%20Bank%20Limited/file/agriculture_dbl,_2nd_qtr_2074_75_1_29_2018_11_42_46_AM.pdf
 

Post Your Comment