Market Closed

कृषि विकास बैंकको साधारण सभा हुँदै, २०% बोनस अनि १.०५३% नगद प्रस्ताव

12 Feb,2018
  • Agriculture-Development-_1__2_12_2018_11_54_16.jpg
नेपाली पैसा 
 
काठमाडौं : कृषि विकास बैंकको एघारौं वार्षिक साधारण सभा सोमबार ११ बजेदेखि बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा सुरु भएको छ । सभामा बैंकले २०% बोनस सेयर र कर तिर्न १.०५३% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । कृषिले १ अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँको बोनस र ७ करोड ४६ लाख ७ हजार १५८ रुपैयाँ बराबरको नगद दिन लागेको हो । अग्राधिकार सेयरधनी (नेपाल सरकार) लाई पनि ६% ले हुने ३२ करोड ५९ लाख ६२ हजार ७२० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव बैंकले साधारण सभामा लैजाँदैछ ।

बैंकले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने पैस्ताव पनि पेस गर्नेछ । साधारण सभा गर्न बैंकले माघ १५ गतेदेखि बुक क्लोज गरिसकेको छ । माघ १४ गतेसम्म मात्र कायम सेयरधनीले मात्र बोनस र नगद लाभांश पाउनेछन् । हाल बैंकको सवसाधारण सेयर पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपैयाँ छ भने नेपाल सरकारको अग्राधिकार सेयर पुँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ छ ।

बैंकले २०% बोनसपछि हुने पुँजीलाई दोस्रो त्रैमासमा प्रकाशित गरिसकेको छ । गत वर्ष साधारण सेयर पुँजी ४ अर्ब ९४ करोड १६ लाख ८८ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब २ करोड ९१ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ३७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ९७ पैसा छ । 
 
 

Post Your Comment