कृषि विकास बैंकको ई–बैंकिङ सेवा अब २ दिन बन्द, यस्तो छ कारण

23 Mar,2018
  • Agriculture-Development-_1_3_23_2018_5_03_57.jpg
नेपाली पैसा 
 
काठमाडौं : कृषि विकास बैंकको शनिबार र आइतबार (चैत १०, ११ गते) २ दिन ई–बैंकिङ सेवा बन्द हुने भएको छ । सीबीएस मेन्टेनेन्स गर्नुपर्ने भएकाले २ दिन सेवा बन्द गर्न लागिएको बैंकले जानकारी दिएको छ । बैंकको एटीएम कार्ड, भिषा कार्ड र मोबाइल बैंकिङ सेवा बन्द रहनेछन् । 
 
कृषि विकास बैंक पनि ग्राहक सेवा विस्तार र पुँजी वृद्धि अभियानमा जुटिरहेको छ । बैंकको सवसाधारण सेयर पुँजी ८ अर्ब ५० करोड ५२ लाख १६ हजार रुपैयाँ छ भने नेपाल सरकारको अग्राधिकार सेयर पुँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ छ । 
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब २ करोड ९१ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ३७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ९७ पैसा छ । 
 
 

Post Your Comment