Market Closed

कृषिको आकर्षक प्रगति, खुद नाफामा ८२.१९% सुधार हुँदा इपीएस २७.३५ रुपैयाँ

07 Nov,2018
  • Agriculture-Development-_1__4_27_2018_2_01_22.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६६ करोड ३१ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.१९% ले खुद नाफा वृद्धि गरेको हो । बैंकले गत वर्ष ३६ करोड ३९ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पहिलो त्रैमासमा कृषिको रेगुलेटरी एड्जस्टमेन्टपछि वितरणयोग्य नाफा भने ३९ करोड ५९ लाख १० हजार रुपैयाँ छ ।
 
कृषिले खुद ब्याज आम्दानी ६१.३१% ले वृद्धि गरी १ अर्ब ८४ करोड ५८ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी, सञ्चालन नाफा ९९.७०% सुधार भएको छ । यो त्रैमासमा बैंकको सञ्चालन नाफा ७६ करोड ६८ लाख ९५ हजार रुपैयाँ पुगेको हो । कृषिसँग अहिले १ खर्ब २ अर्ब ६२ करोड ६४ लाख ८३ हजार रुपैयाँ निक्षेप रहेको छ । बैंकले १ खर्ब ३ अर्ब ६१ करोड २६ लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
 
यता, खराब कर्जा ३.९३% र कस्ट अफ फन्ड ७.०७% छ । यस बैंकको बेस रेट १२.३२% रहेको छ । नेपाल सरकारको अग्राधिकार सेयरसहित कृषिको सेयर पुँजी १३ अर्ब ९३ करोड २५ लाख २८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १४ अर्ब ६९ करोड ६९ लाख ४८ हजार रुपैयाँ जम्मा भएको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २७ रुपैयाँ ३५ पैसा पुगेको छ । गत वर्ष यो १५ रुपैयाँ ९४ पैसा मात्र थियो ।

Post Your Comment