कृषिको २१.०५३% लाभांश पाउन पहिला सेयर डिम्याट, चैत १२ मा एजीएम

11 Mar,2019
  • Agriculture-Development-_1__4_27_2018_2_01_22.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकले भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गर्न आग्रहगरेको छ । बोनस तथा नगद लाभांश खातामै जम्मा गरिने भएकाले सेयर डिम्याट गर्न बैंकले आग्रह गरेको हो । कृषिले चैत्र १२ हुने वार्षिक साधाण सभाबाट ६% बोनस सेयर र १५.०५३% नगद लाभांश पारित गर्ने एजेन्डा बनाएको छ ।
 
उक्त बोनस सेयर हितग्राही खातामा र नगद लाभांश बैंक खातामा जम्मा हुने भएकाले सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउनुपर्नेछ । बैंकले आगामी साधारण सभामा नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
 
साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ छ । कृषिको प्रतिसेयर आम्दानी २८ रुपैयाँ २५ पैसा छ ।

Post Your Comment