Market Closed

नेपाल एग्रो लघुवित्तको आइतबारदेखि आइपीओ खुल्ने, १ हजार रुपैयाँमै भर्न पाइने

15 Apr,2019
  • ipos_4_15_2019_10_43_11.jpeg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आइतबार (वैशाख ८ गते) बाट आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यस आइपीओमा न्यूनतम १० कित्ता अर्थात् १ हजार रुपैयाँदेखि अधिकतम ८ सय कित्ता वा ८० हजार रुपैयाँ सम्मको आवेदन दिन सकिने छ ।
 
वैशाख ११ गते सम्म आवेदन खुला रहनेछ। यस अवधिमा सबै बिक्री नभएमा भने जेठ ६ गतेसम्म भर्न पाइने बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ । नेपाल एग्रोको केन्द्रीय कार्यालय पोखरा, बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तिसार काठमाडौं र सी–आस्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाबाट यो आइपीओमा आवेदन दिन सकिन्छ । 
 
नेपाल एग्रो लघुवित्तले जारी पुँजीको ३२.५०% अर्थात १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 
 
राष्ट्र बैंकले यो लघुवित्तलाई २०७३ असोज ४ गते सञ्चालन अनुमति दिएको थियो । हाल यसको चुक्ता पुँजी ३ करोड ३६ लाख रुपैयाँ छ । कम्पनीले कास्की, पर्वत, प्युठान, बाग्लुङ, गुल्मी, रोल्पा, तनहुँ, सल्यान, पाल्पा र लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ ।

नेपाल एग्रो लघुवित्तको आइपीओ सम्बन्धी विस्तृत जानकारी यहाँबाट लिनुहोस् । 

Post Your Comment