Market Closed

अरुणभ्याली हाइड्रोपावर कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, २० जेठ २०७३)

02 Jun,2016
  • aarun_11_9_2015_12_53_02_7_1_2016_11_50_43.jpg

कम्पनीको  २०७२/७३ आवको तेस्रो त्रैमासमा खुद नाफा ३१ दशमलव ४७ प्रतिशत बढेको छ । कम्पनीले गत भदौमा भएको साधारणसभाले पारित गरेको ११ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।

प्राविधिक विश्लेषण


-    आरएसआई : न्युट्रल जोन (६८ दशमलव ७५ स्केल)मा छ । खरीद चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन १६ दशमलव १५ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

-   मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य  सातदिने रेखा, २१ दिनेरेखा र ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ३ सय ४० मा टेवा र मूल्य महँगिएमा रू. ३ सय ७५ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण

कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :

-    कम्पनीको २०७२/७३ आवको तेस्रो त्रैमासमा खुद नाफा ३१ दशमलव ४७ प्रतिशत बढेर रू. ४ करोढ ९४ लाख पुगेको छ । अन्य आय २ गुणा बढ्नाले र कुल आम्दानी २१ प्रतिशत बढनाले खुद नाफा बढेको हो ।
-    गत असोज मसान्तको तुलनामा चैत मसान्तसम्ममा अन्य स्रोतबाट भएको आम्दानी साढे २ गुणा बढेको छ ।
-    जगेडा कोष १६ दशमलव ६६ प्रतिशत घटेर रू. ६ करोड ९४ लाखमा सीमित भएको छ ।
-    लगानी ५२ दशमलव ८६ प्रतिशत बढेर रू. ४६ करोड ७७ लाख पुगेको छ ।
-    खुद चालू सम्पत्ति ५१ दशमलव २८ प्रतिशत घटेर रू. १६ करोड ७१ लाखमा सीमित भएको छ भने खुद चालू दायित्वमा ६१ प्रतिशत बढेर रू. ५ करोड ७१ लाख पुगेको छ ।
-    प्रशासनिक खर्च ६ प्रतिशत घटेर रू. ४९ लाख ६८ हजारमा सीमित भएको छ ।
-    कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार निकट भविष्यमा संस्थाले नयाँ जलविद्युत् आयोजना निर्माण गर्ने पूर्वतयारी भइरहेको उल्लेख गरेको छ ।
-    कम्पनीको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो करीब ३४ गुणा र प्रतिशेयर आम्दानी रू. ९ छ । हालको शेयरमूल्य नेटवर्थको ३ गुणा छ ।

Post Your Comment