Market Closed

अरुण भ्याली हाइड्रोपावरको १० प्रतिशत बोनस, पुँजी बढाउन एफपीओ पनि

07 Aug,2016
  • arun-valley_8_7_2016_1_23_01.jpg
नेपाली पैसा 
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
कम्पनीको साउन २० मा सम्पन्न सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांशसमेत दिने प्रस्ताव गरिएको छ । 
 
कम्पनीले पुँजी वृद्धि गर्न एफपीओसमेत जारी गर्ने भएको छ । कुल ३१ लख ५७ हजार आठ सय ८३ कित्ता एफपीओ निष्कासन गर्न लागिएको जानकारी कम्पनीले आइतबार नेपाल स्टक एक्सचेन्जलाई दिएको छ । 
 
 
 

Post Your Comment