Market Closed

पूर्णिमाको हकप्रद, गुडविल र अरुण भ्यालीको बोनस सेयर नेप्सेमा भयो सूचीकरण

05 Jan,2017
  • justlisted-fb_1_5_2017_4_23_36.jpg
नेपाली पैसा
 
काठमाडौं : सेयर बजारमा बिहीबार तीनवटा कम्पनीको २६ लाख ९२ हजार एक सय ३३ कित्ता सेयर थपिएको छ । पूर्णिमा विकास बैंक, गुडविल फाइनान्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएका हुन् । पूर्णिमाको १० लाख ८५ हजार चार सय ३३.५९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । 
 
यसैगरी, गुडविल फाइनान्सको नौ लाख सात हजार पाँच सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकरण भएको छ । बिहीबार सेयर सूचीकरणमा पर्नेमा तेस्रोमा अरुण भ्याली हाइड्रोपावर लिमिटेड रहेको छ । यो कम्पनीको सात लाख ७६ हजार ९० कित्ता बोनस सेयर सूचीकरण भएको हो । बोनस र हकप्रद थपिंदा सम्बद्ध कम्पनीको चुक्ता पुँजी बढ्न जान्छ । यसबाट पुँजी बजारको आकार पनि थप फराकिलो हुन्छ ।  
 

Post Your Comment