Market Closed

अरुण भ्यालीको १०% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, भदौ ३० मा साधारण सभा

24 Aug,2017
  • Bonus_8_24_2017_10_52_04.jpg
नेपाली पैसा
 
काठमाडौं : अरुण भ्याली हाइड्रोपावरको १०% बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । अरुण भ्यालीले भदौ ३० गते वार्षिक साधारण सभा बोलाएर १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसका लागि कम्पनीले शुक्रबारदेखि भदौ १५ गतेसम्म बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने भएकाले नयाँ लगानीकर्ताले बिहीबारै अरुणको सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः लाभांशको हकदार हुनेछन् । अरुण भ्यालीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसको सेयर पुँजी ८४ करोड ८१ लाख ९३ हजार रुपैयाँ छ । अरुणको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८९ पैसा छ ।

Post Your Comment