Market Closed

अरुण भ्यालीको भएन प्रगति, खुद नाफा ३२.५०% ले घट्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६५ पैसा

11 Feb,2018
  • Arun-Valley-Hydropower-Develo_2_11_2018_2_42_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ७२ लाख ५१ हजार ५९२ रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ३२.५०% ले घटेको हो । गत वर्ष यही अवधिमा अरुणले २ करोड ५५ लाख ५८ हजार ७२० रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । कम्पनीको विजुली बिक्रीको आम्दानी पनि गत वर्षको तुलनामा घटेको छ । विजुली बिक्रीबाट हुने आम्दानी १८.१३% ले घटेर २ करोड ३३ लाख २५ हजार ४३८ रुपैयाँमा खुम्चिएको हो ।

गत वर्ष अरुणले विजुली बिक्रीबाट २ करोड ८४ लाख ९२ हजार ४६८ आम्दानी गर्न सफल भएको थियो । अरुणको सेयर पुँजी ९३ करोड ३० लाख १२ हजार ३०० रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको रिजर्भ कोषमा भने २ करोड १४ लाख ३० हजार ३१० मात्र रहेको छ । चुक्ता पुँजीसँग तुलना गर्दा रिभर्ज कोष कमजोर देखिन्छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६५ पैसा रहेको अरुणको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ३० पैसा छ । 

Post Your Comment