Market Closed

अरुण भ्यालीको एफपीओ स्थगित, अब १००% हकप्रद ल्याउने

20 Feb,2018
  • Arun-Valley-Hydropower-Development-Co.-Ltd_2_20_2018_11_35_31.jpg
नेपाली पैसा
 
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पूर्वघोषित एफपीओलाई स्थगित गरी १००% हकप्रद जारी गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले एफपीओ स्थगित गरी १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । यो प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाउने पनि कम्पनीले जनाएको छ । 
 
यसअघि कम्पनीले फेस भ्यालु १०० रुपैयाँमा २०१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०१ रुपैयाँ दरले ३१ लाख ५७ हजार ८८३ कित्ता एफपीओ ल्याउने जानकारी गराएको थियो । तर हाललाई एफपीओ स्थगन गरी १००% हकप्रद ल्याउने भएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ७२ लाख ५१ हजार ५९२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ३० पैसा रहेको छ ।

Post Your Comment