अजोड इन्सुरेन्सको सोमबार एजीएम बस्ने, ३० करोडको आइपीओ ल्याउने तयारी

10 Jul,2019
  • ipos_7_4_2_7_10_2019_4_55_15.jpg
नेपाली पैसा 
 
काठमाडौं : अजोड इन्सुरेन्सले सोमबार (असार ३० गते) साधारण सभा बोलाएको छ । कम्पनीले आइपीओ निष्कासन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । अजोडको हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी १ अर्ब पुर्याउन कम्पनीले अब कम्तिमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ जारी गर्नुपर्ने हुन्छ ।
 
आइपीओ जारी पछि मात्र कम्पनीले न्यूनतम तोकिएको पुँजी पुर्याउन सक्नेछन् । साधारण सभाबाट अनुमोदन भएपछि कम्पनीले आइपीओ खुला गर्ने प्रक्रिया अघि बढाउनेछ ।  संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा समेत रहेको छ । यता, सभामा २०७४–७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् ।
 
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने प्रस्ताव पनि पेश हुनेछ । यसैगरी, सञ्चालक समितिका अथ्यक्ष र सदस्यहरुको बैठक भत्ता अनुमोदन गरिने छ । सभा वल्र्ड ट्रेड सेन्टर पृथ्वी हल चौथो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । 

अजोड इन्सुरेन्सको साधारण सभा सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् । 







Post Your Comment