Market Closed

अल्पाइन र काँक्रेबिहारको यस्तो छ वित्तीय अवस्था

04 Aug,2016
  • alpine_8_4_2016_12_52_30.jpg
नेपाली पैसा 
काठमाडौं : अल्पाइन डेभलपमेन्ट बैंकले चार करोड ६९ लाख २९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा ८६ लाख २१ हजार रूपैयाँ बढाएको हो । अघिल्लो वर्ष बैंकको नाफा जम्मा तीन करोड ८३ लाख आठ हजार रूपैयाँमात्र थियो ।  
 
मकवानपुरमा केन्द्रीय कार्यालय रहेको यो बैंकको चुक्ता पुँजी १४ करोड ५१ लाख ४० हजार रूपैयाँ रहेको छ । रिजर्भमा ६ करोड ९७ लाख ९७ हजार रूपैयाँ जम्मा भइसकेको बैंकको वासलतमा देखिन्छ । 
 
अल्पाइनले एक अर्ब ६० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गर्दा एक अर्ब ३१ करोड भन्दा धेरै कर्जा प्रवाह गर्न सफल भएको छ । खराब कर्जा २.५६ प्रतिशत रहेको यो बैंकको प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ३३ पैसा छ । 
 

 
यसैगरी, काँक्रेबिहार विकास बैंकले पनि आर्थिक वर्ष २०७२–७३ मा ७० लाख ६१ हजार रूपैयाँ खुद नाफा बुक गरेको छ । 
 
अघिल्लो आवमा बैंकको नाफा ५६ लाख ७३ हजार रूपैयाँ थियो । यसआधारमा नाफा सामान्य हिसाबले बढेको देखिन्छ । 
 
सुर्खेतको वीरेन्द्रनगरमा कार्यालय रहेको काँक्रेबिहारको चुक्ता पुँजी ६ करोड आठ लाख ९३ हजार रूपैयाँ रहेको छ । जगेडा कोषमा बैंकले दुई करोड २० लाख ४७ हजार रूपैयाँ पुर्याएको छ । 
बैंकले ७९ करोड ८१ लख १४ हजार रूपैयाँ निक्षेप संकलन गरी ४८ करोड २७ लाख ४२ हजार रूपैयाँ कर्जा प्रवाह गरिसकेको छ । 
 
काँक्रेबिहारको प्रतिसेयर आम्दानी ११ रूपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ११ रूपैयाँ ५९ पैसा छ । 
 

Post Your Comment