अल्पाइनले पनि दिने भयो तीन बराबर थप २ः०८ कित्ता हकप्रद सेयर, १४.५ प्रतिशत बोनस सेयर पनि

19 Dec,2016
  • alpine_12_19_2016_1_03_09.png
नेपाली पैसा 
 
काठमाडौं : अल्पाइन डेभलपमेन्ट बैंकले चुक्ता पुँजी बढाउन ३ बराबर थप २ः०८ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । 
 
बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजी बढाउन हकप्रदमा जाने निर्णय गरेको हो । 
 
यो निर्णय राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउन सक्छ । 
 
हेटौंडामा केन्द्रीय कार्यालय रहेको अल्पाइनको चुक्ता पुँजी २१ करोड ९७ लाख ३२ हजार रूपैयाँ छ । बैंकको रिजर्भ कोषमा १० करोड २० लाख ७४ हजार रूपैयाँ जम्मा भएको छ । 
 
तीन जिल्ला कार्य क्षेत्र भएको अल्पाइनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ लाख ५६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकको प्रतिसेयर आम्दानी नौ रूपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रूपैयाँ ४५ पैसा छ । 

हकप्रद अनुमोदनपछि फेरि १४.५ प्रतिशत बोनस सेयर पनि दिने बैंकले जानकारी दिएको छ । 
 

Post Your Comment