नेप्सेमा ४ कम्पनीको १ करोड ३३ लाख २४ हजार कित्ता हकप्रद सेयर सूचीकृत

22 Jun,2018
  • listings_template_6_22_2018_11_46_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा ४ वटा कम्पनीको १ करोड ३३ लाख २४ हजार ३६२.८ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । जसमा २ वटा इन्सुरेन्स कम्पनी, १ विकास बैंक र १ माइक्रोफाइनान्स कम्पनी रहेका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको मात्रै ४० लाख २७ हजार ९६६.८ कित्ता हकप्रद सेयर सूचीकरण भएको छ ।

एसियनको गत फागुन १३ देखि चैत १८ गतेसम्म बिक्री खुला भएको ५०% हकप्रद सेयर सूचीकरण भएको हो । यसैगरी, नेको इन्सुरेन्सले माघ २६ गतेदेखि चैत १ गतेसम्म बिक्री खुला गरेको ३९ लाख २० हजार ९२८.११ कित्ता (५०%) हकप्रद सेयर पनि सूचीकरण भएको छ ।

हकप्रद सेयर सूचीकृत हुनेमा कामना सेवा विकास बैंक र फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक पनि परेका छन् । कामना सेवाको ३० लाख ९४ हजार १५४.७७ कित्ता र फस्र्टको २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर सूचीकरण भएको हो ।  
 

Post Your Comment