Market Closed

एसियन र प्राइमको हकप्रद ५ जिल्लामा आज पनि भर्न पाइने, कुन–कुन हुन् यी जिल्ला ?

16 Apr,2018
  • right_sisyes_4_16_2018_10_34_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : एसियन लाइफप्राइम लाइफ इन्सुरेन्सको हकप्रद ५ वटा जिल्लामा सोमबार (आज) पनि भर्न पाइने भएको छ । एसियन र प्राइमले हकप्रद भर्ने म्याद आइतबारसम्म कायम गरेको भए पनि तराईका झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लामा सिरुवा पर्वका कारण सार्वजनिक विदा परेकाले ती जिल्लाहरुका लगानीकर्ताका लागि १ दिन समय थपिएको हो । 
 
प्राइम र एसियन लाइफ दुवैले सूचना सार्वजनिक गर्दै ५ जिल्लामा मात्र सोमबार पनि हकप्रद भर्न सकिने बताएका हुन् । एसियनले फागुन १३ गतेदेखि २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६.२० कित्ता (५०%) हकप्रद सेयर बिक्री खुला गरेको हो । माघ ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेन् । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन एसियनले हकप्रदको बाटो राजेको हो ।

एसियनको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स हो । यसैगरी, प्राइम लाइफले पनि फागुन २७ गतेदेखि १ः१.६ अनुपातामा ९७ लाख ६३ हजार २०० कित्ता (१६०%) हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । प्राइमको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो । 
 
 

Post Your Comment