Market Closed

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि. : कम्पनी विश्लेषण (बुधवार, २६ फागुन २०७२)

09 Mar,2016
  • asian_life_logo_3_10_2016_11_01_36.png

कम्पनीको २०७२/७३ आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २३ दशमलव ७६ प्रतिशत बढेको छ । कम्पनीको आय ८ गुणाले बढेको छ ।

प्राविधिक विश्लेषण
- आरएसआई न्यूट्रल जोन (६६ दशमलव ८६ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन १४ दशमलव ३६ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्य २१ दिने रेखा र सातदिने रेखाभन्दा माथि छ भने ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ३ सय १० मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. १ हजार ३ सय ७१ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा २३ दशमलव २६ प्रतिशत बढेर रू. १ करोड ५३ लाख पुगेको छ । आय ८ गुणाले बढ्नाले खुद नाफा बढेको हो ।

- जगेडा कोष ३४ दशमलव ६१ प्रतिशत घटेर रू. १८ करोड ७२ लाख पुगेको छ । बीमा कोष ३० दशमलव ७० प्रतिशत बढेर रू. ६ अर्ब ७७ करोड पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा ९ दशमलव ५५ प्रतिशत बढेर रू. ५ अर्ब ५५ करोड पुगेको छ ।

- नाफा नोक्सान हिसाबमा आम्दानी १६ दशमलव ९८ प्रतिशत बढेर रू. २ करोड ५९ लाख र व्यवस्था तथा खर्चहरू ७ दशमलव ७० प्रतिशत बढेर रू. १ करोड ५ लाख पुगेको छ ।

- आय ८ गुणाले बढेर रू. १ अर्ब १४ करोड र व्यय १२ दशमलव ८६ प्रतिशत बढेर रू. २५ करोड ९५ लाख पुगेको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू दुई गुणाले र चालू दायित्व तथा व्यवस्थाहरू साढे ९ गुणाले बढेको छ ।

- कुल बीमाशुल्क आर्जन रकम १९ गुणा बढेर रू. ८ अर्ब ३९ करोड पुगेको छ । कुल दाबी भुक्तानी रकम ९ दशमलव ५५ प्रतिशत बढेर रू. ३९ करोड २५ लाख पुगेको छ ।

- कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ६४ दशमलव ९१ प्रतिशत घटेर रू. २४ लाख ३ हजार पुगेको छ र भुक्तानी हुने दावी सङ्ख्या ५९ दशमलव ३८ प्रतिशत घटेर २६ मा सीमित भएको छ ।

- कम्पनीको दोस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ४ दशमलव ५७ र पीई रेशियो २ सय ७९ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको करीब ११ गुणा छ ।

Post Your Comment