Market Closed

एसियन लाइफको ६०% हकप्रद प्रस्तावसहित जेठ १९ मा एजीएम, संस्थापक हिस्सा पनि घटाइने

08 May,2018
  • Asian-life-insurance-company-Ltd_5_8_2018_12_08_09.jpg
नेपाली पैसा
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सको दशौं वार्षिक साधारण सभा जेठ १९ गते हुने भएको छ । सभामा ४% बोनस सेयर र कर तिर्न २५ लाख ४३ हजार ९७८.६५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यस्तै, बोनस सेयरपछि कायम हुने १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४५४.४० रुपैयाँ चुक्ता पुँजीको ६०% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ ।
 
यता, संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने सभाको अर्को एजेन्डा रहेको छ । एसियनले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% बनाउनेछ । हाल कम्पनीमा संस्थापकको ७०% र सर्वसाधारणको ३०% सेयर स्वामित्व रहेको छ । सभाले संस्थापक समूहबाट ४ जना, सवैसाधारणबाट २ जना र एक स्वतन्त्र संचालकको निर्वाचन पनि गर्नेछ ।
 
कम्पनीले हालको अधिकृत पुँजी २ अर्ब रुपैयाँलाई वृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । साधारण सभा होटल  भिष्वा, वीरगंजमा बिहान १० बजेबाट सुरु हुनेछ । एसियनले जेठ ४ देखि १८ गतेसम्म बुक क्लोज गरिने जनाएको छ । जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र ४% बोनस पाउनेछन् । 

Post Your Comment