Market Closed

एसियन लाइफ पनि बढ्दैछ अघि, खुद नाफा १२.०९% बढ्दा जीवन बिमा कोषमा १२ अर्ब

13 May,2018
  • Asian-life-insurance-company-L_5_13_2018_11_58_18.jpg
नेपाली पैसा 
 
काठमाडौ : एसियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वषको तेस्रो त्रैमासमा ३ करोड ३२ लाख ६८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष भन्दा नाफा १२.०९% धेरै हो । गत वर्ष २ करोड ९६ लाख ७९ हजार ८६८ रुपैयाँ खुद नाफा कमाएको थियो । कुल बिमा शूल्क आर्जन पनि १ अर्ब ९३ करोड २३ लाख २३ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा २०.६१% धेरै हो ।

गत वर्ष एसियनले १ अर्ब ६० करोड २० लाख १२ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । यसैगरी, कम्पनीले कुल ५६ करोड ८७ लाख ३० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । दाबी भुक्तानी हुन बाँकी रकम २ करोड २३ लाख ७ हजार छ ।

चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रुपैयाँ रहेको एसियनको रिजर्भ कोषमा २२ करोड ३१ लाख १८ हजार ८०९ रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रुपैयाँ नै थियो भने रिजर्भ कोषमा १७ करोड ७४ लाख थियो । 
 
बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्रयासरत रहेको यस कम्पनीले फागुन १३ देखि वैशाख २ गतेसम्म ४० लाख २७ हजार ९६६.२० कित्ता (५०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रदपछि चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार रुपैयाँ पुगेको छ । यही पुँजीबाट ६% बोनस सेयर वितरण प्रस्ताव पारित गर्न जेठ १९ मा साधारण सभा पनि गर्दैछ । बोनसपछि पुँजी अझै थपिनेछ । 
 
यसैगरी, एसियन लाइफको जीवन बिमा कोषमा १२ अर्ब ९ करोड ५० लाख ४७ हजार ८७१ रुपैयाँ छ । जीवन बिमा कोषमा गत वर्ष ९ अर्ब ४२ करोड ६८ लाख ८७ हजार ७४० रुपैयाँ थियो । यस आधारमा जीवन कोषको आकार पनि क्रमशः विस्तार हुँदै गएको देख्न सकिन्छ । 
 
एसियनले महा विपत्ति जगेडा कोष पनि ३ करोड १२ लाखबाट बढाएर ३ करोड ७२ लाख ४९ हजार ८८७ रुपैयाँ पुर्याएको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ १५ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ १३ पैसा छ ।

Post Your Comment