Market Closed

एसियन लाइफको जेठ १० देखि आउने भयो ९८ हजार कित्ता सेयर लिलामी

16 May,2018
  • Asian-life-insurance-comp_5_16_2018_10_47_06.jpg
नेपाली पैसा
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सले जेठ १० गतेदेखि सर्वसाधारण समूको ९८ हजार २४६.२० कित्ता सेयर लिलामी गर्ने भएको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा यस भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । लिलामीको बोलपत्र पेश गर्ने अन्तिम म्याद जेठ १७ गते तोकिएको छ । 
 
एसियनले ५०% हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
 
यता, एसियन लाइफले जेठ १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा ४% बोनस सेयर र यसपछि कायम हुने १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजीको ६०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३ करोड २२ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 

Post Your Comment