Market Closed

एसियनको ४% बोनस पाउन सेयर किन्ने आज अन्तिम मौका, ६०% हकप्रद पनि आउँदै

17 May,2018
  • Asian-life-insurance-comp_5_17_2018_11_06_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सको ४% बोनस सेयर पाउन सेयरधनी बन्ने बिहीबार अन्तिम दिन हो । एसिएनले जेठ १९ गते हुने साधारण सभाका लागि शुक्रबार (जेठ ४ गते) बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश पाउन बुक क्लोज हुनु भन्दा अघिल्लो दिन नै सेयरधनी बनिसकेको हुनुपर्नेछ । 
 
साधारण सभामा एसियनले ४% बोनस सेयर र कर तिर्न २५ लाख ४३ हजार ९७८.६५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।  बोनस सेयरपछि कायम हुने १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४५४।४० रुपैयाँ चुक्ता पुँजीको ६०% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ ।
 
यता, संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने सभाको अर्को एजेन्डा छ । एसियनले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% बनाउनेछ । हाल कम्पनीमा संस्थापकको ७०% र सर्वसाधारणको ३०% सेयर स्वामित्व छ ।

सभाले संस्थापक समूहबाट ४ जना, सवैसाधारणबाट २ जना र एक स्वतन्त्र संचालकको निर्वाचन पनि गर्नेछ । कम्पनीले हालको अधिकृत पुँजी २ अर्ब रुपैयाँलाई वृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

साधारण सभा होटल  भिष्वा, वीरगञ्जमा बिहान १० बजेबाट सुरु हुनेछ । एसियनले जेठ ४ देखि १८ गतेसम्म बुक क्लोज गर्नेछ । 

Post Your Comment