Market Closed

एसियन लाइफको ४% बोनसमा भयो भाउ समायोजन, आइतबार यसरी खुल्दैछ कारोबार

18 May,2018
  • Asian-life-insurance-comp_5_17_5_18_2018_10_49_54.jpg
 नेपाली पैसा
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्स कम्पनीको ४% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसपछि कम्पनीको सेयर भाउ प्रतिकित्ता ८२० रुपैयाँ १० पैसामा आएको हो । आइतबार सेयर बजार खुल्दा एसियन लाइफको सुरु कारोबार ८२० रुपैयाँ १९ पैसालाई नै आधार मानेर  हुनेछ । यसको औसत आधार मूल्य भने ८५६ रुपैयाँ १० पैसा छ । 
 
 एसिएनले जेठ १९ गते हुने साधारण सभाका लागि शुक्रबार (जेठ ४ गते) बुक क्लोज गरेको हो । साधारण सभामा एसियनले ४% बोनस सेयर र कर तिर्न २५ लाख ४३ हजार ९७८।६५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।  बोनस सेयरपछि कायम हुने १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४५४.४० रुपैयाँ चुक्ता पुँजीको ६०% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ ।
 
यता, संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने सभाको अर्को एजेन्डा छ । एसियनले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% बनाउनेछ । हाल कम्पनीमा संस्थापकको ७०% र सर्वसाधारणको ३०% सेयर स्वामित्व छ ।
 
सभाले संस्थापक समूहबाट ४ जना, सवैसाधारणबाट २ जना र एक स्वतन्त्र संचालकको निर्वाचन पनि गर्नेछ । कम्पनीले हालको अधिकृत पुँजी २ अर्ब रुपैयाँलाई वृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । साधारण सभा होटल  भिष्वा, वीरगञ्जमा बिहान १० बजेबाट सुरु हुनेछ । एसियनले जेठ ४ देखि १८ गतेसम्म बुक क्लोज गर्नेछ । 

Post Your Comment