Market Closed

एसियन लाइफको ९८ हजार कित्ता सयेर लिलामी भर्ने आज अन्तिम मौका, ६०% हकप्रद आउँदै

31 May,2018
  • Asian-life-insurance-comp_5_31_2018_10_28_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सको ९८ हजार २४६.२० कित्ता सेयर लिलामी भर्ने बिहीबार (जेठ १७ गते) अन्तिम दिन हो । एसियनले जेठ १० गते देखि सर्वसाधारण समूहको ९८ हजार २४६.२० कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबैका लागि आवेदन दिन पाइनेछ । 
 
एसियनले ५०% हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामी मार्फत बिक्री गरेको हो । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं सहित यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
 
यता, एसियन लाइफले जेठ १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा ४% बोनस सेयर र यसपछि कायम हुने १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजीको ६०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३ करोड २२ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 

Post Your Comment