Market Closed

एसियनको ४% बोनस र ६०% हकप्रद पारित गर्न शनिबार एजीएम, सेयर स्वामित्व परिवर्तन

01 Jun,2018
  • Asian-life-insurance-comp_6_1_2018_11_49_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सको दशौं वार्षिक साधारण सभा शनिबार (जेठ १९ गते)  वीरगञ्जमा हुँदैछ । एसियनले ४% बोनस सेयर र कर तिर्न २५ लाख ४३ हजार ९७८.६५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव लैजानेछ । बोनस सेयरपछि कायम (१ अर्ब २५ करोड ६७ लाख २५ हजार ४५४.४० रुपैयाँ) चुक्ता पुँजीको ६०% हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पेश हुँदैछ । साधारण सभा होटल भिष्वा, वीरगन्जमा बिहान १० बजे सुरु हुनेछ । 
 
यता, संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने अर्को एजेन्डा पनि रहेको छ । एसियनले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% बनाउनेछ । हाल कम्पनीमा संस्थापकको ७०% र सर्वसाधारणको ३०% सेयर स्वामित्व छ । सभाले संस्थापक समूहबाट ४ जना, सर्वसाधारणबाट २ जना र एक स्वतन्त्र संचालकको निर्वाचन पनि हुनेछ ।
 
कम्पनीले हालको अधिकृत पुँजी २ अर्ब रुपैयाँलाई वृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजादैछ । सभा प्रयोनको लागि एसियनले जेठ ४ देखि आज (जेठ १८ गते) सम्म बुक क्लोज गरेको छ । यसआधारमा जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्न लागेको ४% बोनस पाउनेछन् ।
 

Post Your Comment