Market Closed

जनउत्थान लघुवित्तको २० प्रतिशत बोनस सेयर, अरनिकोको ३६ प्रतिशत हकप्रद भर्न असोज २८ मा बुक क्लोज

02 Oct,2016
  • janautthan_samudayic_laghubitta_bikas_bank_resize_10_2_2016_1_11_08.jpg
नेपाली पैसा 
काठमाडौं : जनउत्थान सामूदायिक लघुवित्त विकास बैंकले २० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । 
 
बैंकको शनिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयर होल्डरलाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । 
 
बैंकले बोनसमा लाग्ने कर पनि तिरिदिने भएको छ । कर प्रयोजनका लागि बैंकले दुई लाख १० हजार पाँच सय २६ रूपैयाँ छुट्याएको छ । कम्पनीको लाभांश प्रस्ताव राष्ट्र बैंक र साधारण सभाबाट भने अनुमोदन हुन बाँकी छ । 
 
यसैगरी, अरनिको डेभलपमेन्ट बैंकले निष्कासन गर्न लागेको ३६ प्रतिशत हकप्रद सेयरका लागि सेयरधनी दर्ता किताब असोज २८ गते बन्द हुने भएको छ । 
 
अरनिकोले चुक्ता पुँजी वृद्धि योजना सफल बनाउन ३६ प्रतिशत बोनस सेयर निष्कासन गर्न लागेको हो । 
 
यो बैंकको हकप्रदमा हक खोज्न सेयर होल्डरले असोज २८ भन्दा अगाडि नै सेयर किनिसकेको हुनुपर्नेछ ।

Post Your Comment