बरुण हाइड्रोपावरको दुई आर्थिक बर्षको साधारण सभा असोज २७ मा एकसाथ, ५% बोनस प्रस्ताव

21 Sep,2017
  • barun-hydropower_9_21_2017_11_44_20.jpg
नेपाली पैसा
 
काठमाडौं : बरुण हाइड्रोपावर कम्पनीको १३ र १४ औं वार्षिक साधारण सभा असोज २७ गते हुने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ५% बोनस दिने विशेष प्रस्ताव पेस गर्दैछ । त्यस्तै, कर तिर्न कम्पनीले ०.२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेस गर्ने भएको छ । साधारण सभा युनियन हाउस, अनामनगर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बरुणले यसअधि बिशेष साधारण सभाबाट पारित भएको १००% हकप्रद सेयर वितरणको निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि लैजाँदैछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष द्द०७२÷७३ र ०७३÷७४ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद वितरण सम्बन्धमा पनि छलफल हुनेछ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको आधारमा कम्पनीको चुक्ता पुँजी २४ करोड ३० लाख रुपैयाँ छ । 
 
 

Post Your Comment