Market Closed

बरुण हाइड्रोपावरको दुई आर्थिक वर्षको साधारण सभा आज, ५% बोनस दिने प्रस्ताव

13 Oct,2017
  • barun-hydropower-company-ltd_10_13_2017_10_41_04.jpg
नेपाली पैसा
 
काठमाडौं : बरुण हाइड्रोपावर कम्पनीको १३ र १४ औं वार्षिक साधारण सभा आज ( असोज २७ गते) युनियन हाउस, अनामनगर काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ ।  कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ५% बोनस दिने विशेष प्रस्ताव पेस गर्दैछ । त्यस्तै, कर तिर्न कम्पनीले ०.२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेस गर्दैछ । बरुणले यसअधि विशेष साधारण सभाबाट पारित भएको १००% हकप्रद सेयर वितरणको निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि सभामा लैजाँदैछ । यसैगरी, कम्पनीको आर्थिक वर्ष २०७२।७३ र २०७३।७४ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण सम्बन्धमा पनि छलफल हुनेछ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको आधारमा कम्पनीको चुक्ता पुँजी २४ करोड ३० लाख रुपैयाँ छ ।

Post Your Comment