Market Closed

बरुणको बल्ल आयो प्रथम त्रैमासको रिपोर्ट, खुद नाफा १८७.२३% ले बढ्दा रिजर्भमा कति ?

09 Feb,2018
  • barun-hydropower-company_2_9_2018_2_58_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : बरुण हाइड्रोपावरले बल्ल प्रथम त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । अरु कम्पनीहरुले दोस्रो त्रैमासको रिपोर्ट ल्याइसक्दा बरुणले भने यतिबेला पहिलो त्रैमासको रिपोर्ट ल्याएको हो । तर चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ८१ लाख २३ हजार ८१५ रुपैयाँ खुद नाफा कमाउन भने सफल भएको छ । बरुणले गत वर्ष भन्दा १८७.२३% ले नाफा बढाएको हो । गत वर्ष बरुण हाइड्रोपावरले ६३ लाख ९ हजार ८४७ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीले यस त्रैमासमा विद्युत बिक्रीबाट ३ करोड ६९ लाख ९५ हजार ६४७ रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्ष यस हाइड्रोपावरले २ करोड ७ लाख ६१ हजार ३४५ रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गर्न सफल भएको थियो । हाल यसको सेयर पुँजी २५ करोड ५१ लाख ५० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा १ करोड ९१ लाख ७४ हजार ९३९ रुपैयाँ रहेको छ । सेयर पुँजीको आधारमा कम्पनीले रिजर्भ कोषलाई अझै धेरै सुधार गर्नुपर्ने देखिन्छ । यता, बरुणको सञ्चालन नाफा पनि घटेर ३ करोड २५ लाख ९६ हजार ५२९ रुपैयाँमा सीमित भएको छ । गत वर्ष कम्पनीले ४ करोड ८४ लाख ७७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । बरुणको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ५२ पैसा छ । 
 

Post Your Comment