Market Closed

बरुण हाइड्रोपावरको खुद नाफा ६६.७२% ले बढ्यो, प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७४ पैसा

25 Feb,2018
  • barun-hydropower-company-ltd_2_25_2018_3_30_05.jpg
नेपाली पैसा
 
काठमाडौं : बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा २ करोड २३ लाख ५ हजार ४०७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको सोही अवधिको तुलनामा खुद नाफा ६६.७२% ले वृद्वि गरेको हो । गत वर्ष खुद नाफा १ करोड ३३ लाख ७८ हजार ७३१ रुपैयाँ रहेको थियो । कम्पनीको गत आवको तुलनामा चालु आवको सोही अवधिमा विद्युत बिक्रीको आम्दानी पनि २७.८४ % ले बढेको छ ।

गत वर्ष ४ करोड ३३ लाख १६ हजार २६ रुपैयाँ रहेको विद्युत बिक्रीको आम्दानी अहिले ५ करोड ५३ लाख ७६ हजार ३ सय ९३ रुपैयाँ पुगेको छ । बरुणको सेयर पुँजी २५ करोड ५१ लाख ५० हजार रुपैयाँ छ । गत वर्ष सेयर पुँजी २४ करोड ३० लाख रुपैयाँ रहेको थियो । कम्पनीले जगेडा कोषमा २ करोड ३३ लाख ५६ हजार ५३१ रुपैयाँ राखेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७४ पैसा रहेको बरुणको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १५ पैसा रहेको छ ।

Post Your Comment