Market Closed

बरुण हाइड्रोपावरको खुद नाफा ३८३.६६% बढ्यो, बिजुली बिक्रीबाट ह्वात्तै आम्दानी

07 May,2018
  • barun-hydropower-comp_5_7_2018_10_27_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा बरुणले १ करोड ६७ लाख ६० हजार ३३२ रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको तुलनामा खुद नाफा ३८३.६६% ले वृद्वि भएको देखिन्छ । गत वर्ष कम्पनी ५९ लाख ८ हजार ३९३ रुपैयाँ नोक्सानमा थियो । 
 
विद्युत बिक्रीबाट हुने आम्दानी पनि ५२४.५९% बढाउन सफल भएको छ । गत वर्ष १ करोड ५ लाख ९० हजार ८४७ रुपैयाँ विद्युत बिक्रीबाट गरेको आम्दानी भएकामा अहिले ६ करोड ६१ लाख ५० हजार १९१ रुपैयाँ पुगेको छ । 
 
बरुणको सेयर पुँजी २५ करोड ५१ लाख ५० हजार रुपैयाँ छ । गत वर्ष सेयर पुँजी २४ करोड ३० लाख रुपैयाँ थियो । जगेडा कोषमा १ करोड ७८ लाख ११ हजार ४४९ रुपैयाँ राखेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५७ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९८ पैसा छ ।
 

Post Your Comment