Market Closed

बरुण हाइड्रोपावर अझै २१ लाख नोक्सानीमा, बिजुली बेचेर थोरै मात्र भयो आम्दानी

23 Apr,2019
  • barun-hydropower_6_15_2018_2_59_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बरुण हाइड्रोपावर कम्पनी  २१ लाख ५४ हजार ८ सय ८ रुपैयाँ नोक्सानमा रहेको छ । बरुण गत वर्षको यही अवधिमा कम्पनी ५५ लाख ४५ हजार ८१ रुपैयाँ नोक्सानमा रहेको थियो । यसले गत वर्षको तुलनामा यस वर्ष ३३ लाख ९० हजार रुपैयाँले नोक्सानी घटाएको हो । 
 
बरुणले विद्युत् बिक्रीबाट १ करोड ८ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा न्यून (०.४८%) मात्रै बढेको छ । अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १ करोड ७ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको थियो । 
 
चैत मसान्तसम्म बरुणको सेयर पुँजी २५ करोड ५१ लाख ५० हजार रुपैयाँ छ । यता, बरुणले जगेडा कोष भने बढाएको छ । यसको जगेडा कोष गत वर्षको तुलनामा ४२.४९%ले बढेर २ करोड ५३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यसको जगेडा कोष गत वर्ष १ करोड ७८ लाख ११ हजार रुपैयाँ रहेको थियो । 
 
बरुणको प्रतिसेयर आम्दानी भने बढेको छ । प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा ३ रुपैयाँ ३८ पैसाले बढेर ९ रुपैयाँ ९५ पैसा पुगेको छ । यसको प्रतिसेयर आम्दानी गत वर्ष ६ रुपैयाँ ५७ पैसा रहेको थियो । यता, कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०९ रुपैयाँ ९५ पैसा छ । 

बरुण हाइड्रोपावरको वित्तीय विवरण अध्ययन गर्न यो लिंकमा क्लिक गर्नुहोस् । 
 

Post Your Comment