Market Closed

कर्जा नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामीमा जाँदै

20 Feb,2020
  • bhairab_kunda_1__2_20_2020_12_23_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : भैरवकुण्ड हाइड्रोपावरले ३५ दिने सूचनालाई अटेर गरेपछि बैंकले कम्पनीको सम्पूर्ण चल अचल सम्पति लिलामी बिक्री गर्ने भएको छ । सानिमा बैंकको अगुवाईमा विभिन्न ५ बैंक तथा वित्तीय संस्थाहरुले संयुक्तरुपमा कर्जा चुक्ता गर्नका लागि पुस १६ मा सार्वजनिक सूचना जारी गरेका थिए ।

सानिमा बैंकको अगुवाईमा परियोजना निर्माणका लागि सहवित्तीयकरणमा एनएमबि बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र मञ्जुश्री फाइनान्सले परियोजना अन्तर्गतका सम्पूर्ण घर, भवन, टहरा तथा यसमा जडान भएका सम्पूर्ण प्लान्ट, मेसिनरी उपकरण, सम्पूर्ण चलअचल सम्पत्ति लगायत लिलाम बिक्री गर्न फागुन ८ गते सूचना प्रकाशित गरेको छ ।

परियोजना खरिद गर्न इच्छुकले १५ दिनभित्र बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रको आवेदन फाराम सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट प्राप्त गर्न सकिनेछ । हाइड्रोपावरको नाममा सिन्धुपाल्चोक मालपोत कार्यालयमा तातोपानी गाविस वडा नं. ४ को कित्ता नं. १९२ को १०–५–३–० र कित्ता नं. २०६ को ४–३–१–१ क्षेत्रफलको जग्गा दर्ता रहेको छ ।

यस हाइड्रोपावरका सञ्चालकहरु सुरेन्द्र भण्डारी, रामकाजी पौडेल, राजेश श्रेष्ठ, मनोरञ्जन शर्मा र पदम बहादुर श्रेष्ठ रहेका छन् । परियोजनाको लागत बढ्दै जानु, समयमा निर्माण सम्पन्न नहुनु, प्रसारण लाइन अभाव तथा पुँजी बजारमा हाइड्रोपावर कम्पनीहरुको सेयर भाउको दयनीय अवस्था लगायतले परियोजनाहरुले कर्जा चुक्ता गर्न नसक्ने अवस्था आएको हो ।

यसबाहेक कपितय परियोजनाका संस्थापकको गलत नियतका कारण पनि समस्या चुलिएको सम्बद्ध अधिकारीहरु बताउँछन् । यता, भैरव कुण्डले यसअघि नै आइपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको थियो । यद्दपि, बोर्डले आइपीओ जारी गर्न अनुमति दिएन ।
 
यो पनि पढ्नुहोस् । 

ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर परियोजना नै लिलामी गर्ने तयारी

Post Your Comment