Market Closed

शाइन रेसुंगाले एक्वायर गर्ने भएपछि भार्गवको सेयर कारोबार रोकियो

15 May,2019
  • Acquisition_3_11_2019_12_03_48.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भार्गव विकास बैंकको सेयर कारोबार रोकिएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एक्वायर गर्ने भएपछि भार्गवको सेयर कारोबार बुधबार (जेठ १ गते) देखि रोकिएको हो । यी दुई बैंकबीच एक्विजिसन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि भइसकेको छ ।
 
हाल शाइनको चुक्ता पुँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ रहेको छ । भार्गवको भने पुँजी ५० करोड १६ लाख रुपैयाँ छ । शाइनले यसअघि पूर्णिमा विकास बैंकलाई एक्वायर गर्ने सम्झौतामा पनि हस्ताक्षर गरिसकेको छ ।

Post Your Comment