Market Closed

भार्गव पनि २० प्रतिशत बोनसका साथमा लगानीकर्तामाझ, चुक्ता पुँजी बढाउने कसरत

23 Oct,2016
  • bhargav-bikas-bank_10_23_2016_11_17_06.jpg
नेपाली पैसा 
काठमाडौं : भार्गव विकास बैंकले २० प्रतिशत बोनसका साथमा कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांशसमेत दिने प्रस्ताव गरेको छ । 
 
बैंक सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस दिन लागेको हो । सञ्चालक समितिको शनिबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको जानकारी भार्गवले नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । 
 
बैंकको यो प्रस्ताव आगामी साधारण सभा र राष्ट्र बैंकबाट अनुमोदन हुनपर्छ । गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी १२ करोड अनि रिजर्भ कोषमा चार करोड २७ लाख नौ हजार रूपैयाँ रहेको छ । 
 
बैंकले गत आर्थिक वर्ष दुई करोड ५८ लाख ५६ हजार रूपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । भागर्वको प्रतिसेयर आम्दानी २१.५५ रूपैयाँ अनि प्रतिसेयर नेटवर्थ १३५.५९ रूपैयाँ छ । 

Post Your Comment