Market Closed

भार्गवले चैत ३० मा डाक्यो एजीएम : ६% लाभांश प्रस्ताव, कहिले हुँदैछ बुक क्लोज ?

29 Mar,2019
  • Bhargav-Bikash-bank-Ltd_7_22_2018_12_42_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : भार्गव विकास बैंकले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले चुक्ता पुँजीको ६% नगद लाभांश पारित गर्ने मुख्य एजेन्डा बनाएको छ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्ने लागायत प्रस्ताव पेश हुनेछ । उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि चैत २२ गते बुक क्लोज हुनेछ । चैत २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र नगद लाभांश पाउने छन् । सभा भियु होटल सिद्धार्थ, कारकाँदो नेपालगञ्जमा बिहान १० बजे हुनेछ । 

भार्गवको साधारण सभा सम्बन्धी विस्तृत जानकारी यहाँबाट हेर्नुहोस् । 

Post Your Comment