Market Closed

बैंक अफ काठमान्डूको लिलामी सेयर नपरेका आवेदकको पैसा फिर्ता

02 Jan,2018
  • bok_new_8__11_5_2017_11_01_25_1_2_2018_11_26_32.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक अफ काठमान्डूले लिलामीको संस्थापक सेयर बाँडफाँटमा नपरेका लगानीकर्ताको पैसा आइतबार (पुस १८ गते) देखि फिर्ता दिन सुरु गरेको छ । बैंकले मंसिर २२ गतेदेखि २९ गतेसम्म ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो भने पुस १३ गते यसको बाँडफाँट गरेको थियो । सेयर नपरेको पैसा आवेदकले फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा फिर्ता गरिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । यदि, उल्लेखित खातामा रकम जम्मा नभएको अवस्थामा भने अकाउन्ट पेयी चेकमार्फत भुक्तानी गरिने व्यवस्था मिलाइने कम्पनीले भनेको छ । बैंकले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर संस्थापक सेयर बिक्री खुला गरेको थियो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । बीओकेको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ८५ पैसा छ ।

Post Your Comment