बीओकेका एक संस्थापकले बेच्ने भए ५ हजार २८५ कित्ता सेयर, किन्नेलाई ३५ दिनको म्याद

03 Jan,2018
  • bok_new_8___1_3_2018_2_33_16.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक अफ काठमान्डूका एक जना सेयरधनीले ५ हजार २८५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थापक सुन्दरलाल कक्षपतिको नाममा रहेको सो सेयर बिक्री गर्न बैंकले सूचना जारी गरेको छ । यो सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्ने बैंकले भनेको छ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने अन्यका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंक अफ काठमान्डूले हालै मात्र संस्थापक सेयरधनीको हिस्सा ५१% बनाउन ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गरेको थियो । हाल बीओकेको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा (वार्षिक) रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ८५ पैसा छ । 
 
 
 
 
 
 

Post Your Comment